प्रधानमन्त्री देउवाले कहाँबाट गर्दैछन् मतदान ?

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी गृहजिल्ला डडेल्धुराबाट दिएका छन् । 

उनी २०४८ सालदेखि निरन्तर यही जिल्लाबाट निर्वाचित हुँदै आएका छन् । 

यसपटक पनि उनले सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । देउवा केही दिनदेखि निर्वाचनको तयारीका लागि डडेल्धुरा पुुगेका छन् । 

उनले निर्वाचनमा मतदान पनि यही क्षेत्रबाट गर्दैछन् । 

उनले डडेलधुराको गन्यापधुरा गाउँपालिका १ रुवाखोलको असिग्राम माविको मतदाान केन्द्रमा मतदान गर्नेछन् । उनले सधैं यही मतदान केन्द्रमा मतदान गर्दै आएका छन् ।

देउवाले आइतबार विहान ९ बजे मतदान गर्ने जनाइएको छ ।



देउवापत्नी आरजू राणा देउवाले पनि यही क्षेत्रबाट मतदान गर्दैछिन् । यसपटक डडेलधुरामा उनका प्रतिस्पर्धी रहेका छन्, कुनै समयका उनकै पार्टीका सारथी कर्ण मल्ल । 

केही समयअघि मल्लले नेपाली कांग्रेस छाडेका थिए । उनी कांग्रेस बिपीबाट उम्मेदवार बनेका छन् । उनलाई डडेल्धुरामा नेकपा एमालेले पनि समर्थन गरेको छ ।



त्यस्तै, देउवाविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि अहिले चर्चामा छन् । ढकालले केही समयअघि देखि डडेल्धुरामा नै गएर चुनावी अभियान तीव्र बनाएका थिए । उनले निर्वाचनका लागि सुई चिन्ह पाएका छन् ।

  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १९:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया