चोटका कारण विश्वकपबाट बाहिरिए करिम बेन्जेमा

फ्रान्सका चर्चित फरवार्ड करिम बेन्जेमाले आजदेखि सुरु हुन लागेको फिफा विश्वकप गुमाउने  भएका छन् । प्रशिक्षणका दौरान तिघ्रामा चोट लागेपछि उनले विश्वकप गुमाउने भएका हुन् ।​

बेन्जेमा बाहिरिनु फ्रान्स टोलीका लागि ठूलो चिन्ताको विषय हो । फ्रान्सका अर्का महत्वपूर्ण सदस्य क्रिस्टोफर एनकुन्कु पनि चोटकै कारण विश्वकपबाट बाहिरिसकेका छन् ।

साथै, चोटकै कारण मिडफिल्डर पउल पोग्बा र एङ्गोलो कान्टे पनि विश्वकप टोलीमा छैनन् । समूह ‘डी’ मा रहेको गत विजेता फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्ध पहिलो म्याच खेल्दैछ ।  
 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ८:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया