धनुषाका ‘हेभिवेट’ उम्मेदवार आफैंलाई मत दिनबाट वञ्चित


आज देशभर बिहान ७ बजेदेखि जारी रहेको निर्वाचनमा उम्मेदवार बनेका धनुषाका ‘हेभिवेट’ उम्मेदवारहरू आफूले आफैंलाई मत खसाउनबाट वञ्चित भएका छन् । 

मतदाता नामावलीमा नाम भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बन्दा उनीहरू मत खसाउनबाट वञ्चित भएका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा दुई पूर्वमन्त्रीसहित ३१ जना चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धीले नै आफैंलाई मतदान गर्नबाट वञ्चित भएका छन् । 

नेकपा एमालेबाट उम्मेदवार रहेकी पूर्वमन्त्री जुलीकुमारी महतो र लोकतान्त्रिक समाजवादी पार्टीबाट सत्ता गठबन्धनका उम्मेदवार अनिलकुमार झाले आफैंलाई मतदान गर्नबाट वञ्चित भएका छन् ।

प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतो धनुषा क्षेत्र नम्बर–४ को भोटर हुन् । तर, उम्मेदवारी धनुषा–३ बाट दिएकी छन् । त्यस्तै, झा पनि रौतहट क्षेत्र नम्बर–१ का मतदाता हुन् । तर, उनको उम्मेदवारी धनुषा–३ बाट परेको छ । 

जुलिले आज बिहानै धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा रहेको जनकपुरधाम–९ स्थित सुहृदय पुस्तकालयको मतदान केन्द्र पुगेर मत खसालेकी छन् । त्यस्तै नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका धनुषा क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रघुवीर महासेठ पनि सोही मतदान केन्द्र पुगेर मतदान गरेका छन् । 



धनुषा–३ मा राष्ट्रिय राजनीतिका दुई ‘हेभिवेट’ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । जुलीलाई एमाले र जसपाको समर्थन छ भने अर्का नेता अनिललाई सत्ता गठबन्धनको समर्थन छ । 

मतदाता नामावली भएका क्षेत्रभन्दा फरक ठाउँमा मत दिन नपाउने व्यवस्थाअनुसार उनीहरू दुवैजनाले आफैंलाई मत हाल्न नपाउने भएका छन् ।



  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ९:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया