रौतहटको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार प्रभु साहले मतदान गरेका छन् ।
उनले मौलापुर नगरपालिकास्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
नेकपा एमालेले टिकट दिए पनि उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेता कार्यकर्तालाई पार्टीमा अवहेलना गरिएको भन्दै एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।