१२:४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

आज भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचनमा दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान भएको छ । यो देशभरको आँकडा निर्वाचन आयोगले दिउँसो सवा एक बजे पत्रकार सम्मेलन गरेर दिएको हो ।

निर्वाचन आयोगले बिहानको समयमा कम मतदान भएको बताएको छ ।

‘चिसोको कारणले पो हो कि किन हो फस्र्ट आवरमा कम मतदाता आउनु भयो, ११ बजेदेखि लाइन बढ्न थालेको छ,’ पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘मतदान अब बढ्ने विश्वास छ ।’

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७० प्रतिशत मतदान हुने विश्वास व्यक्त गरेका थिए ।

निर्वाचन आयोगले आजको मतदान उत्साहजनक तथा शान्तिपूर्ण भएको पनि जनाएको छ । केही ठाउँमा छिटफुट घटना भएको तर मतदान उत्साहजनक रहेको पौडेलले जानकारी दिएका हुन् ।

उनले केही स्थानमा आजै रातिबाट मतगणना सुरु हुने पनि बताएका छन् । काठमाडौंको मतगणना आजै रातिबाट गर्ने दिनेश थपलियाले यसअघि पनि जनाएका थिए ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १३:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया