धनुषाको कमला नगरपालिकामा पुनः मतदान

धनुषाको कमला नगरपालिकाको एक मतदान केन्द्रमा मत खसाएर घर फर्किसकेका मतदातालाई बोलाएर फेरि मतदान गर्न लगाइएको छ । 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा अवस्थित कमला नगरपालिका–६ मडानमा रहेको बिलट बौकु मावि (क) केन्द्रको मतदान बिहान ७ बजेदेखि नै सुरु भई ७३ जनाले मत खसाइसकेको अवस्थामा प्राविधिक त्रुटी भेटिएपछि मतदान स्थगित गरिएको थियो । 

त्यस मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेशसभाको ब्यालेट पेपर सुरुमै राखेर त्रुटी गर्दा विवाद उत्पन्न भएको थियो । 

बिहान ९ बजेसम्म खसेको ७३ वटै मतलाई बदर गरी त्यहाँ दिउँसो १ बजेदेखि पुनः मतदान सुरु भएको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए ।  





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १३:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया