कोहलपुरमा गस्तीमा रहेको सेनाको भ्यान दुर्घटना

बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिकअफ भ्यान दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ -०१-००२ झ ५११२ नम्बरको पिकअफ भ्यान सम्झना चोकबाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो । 

दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।  





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १७:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया