लमजुङमा ५६ प्रतिशत मत खस्याे

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि भएकाे मतदानमा आइतबार भएको  मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटाका अनुसार  लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामा ७४  हजार  ६५२ मत मात्रै खसेको छ । जिल्लामा  ३९ हजार ९ सय २० महिला र ३४ हजार ७ सय ३२ पुरुषले मतदान गरेका छन् ।

लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।  स्थानीय तहको निर्वाचनमा लमजुङमा ७० प्रतिशत मत खसेको थियो।

जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।  प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधिसभातर्फ ११ तथा प्रदेश (क)मा ५ र प्रदेश (ख)मा ६ जना चुनावी मैदानमा  छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १८:२१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया