Thu, 19 Sep, 2019


चार दिनका लागि पाल्पा-बुटवल सडक बन्द
फरकधार / माघ २६, २०७५

पाल्पा–सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक चार दिनका लागि बन्द हुने भएको छ । सडकखण्डको चिडिया खोलादेखि दोभानसम्म आजदेखि आंशिकरुपमा सडक बन्द गरिने भएको हो । 



भौगर्भिक सर्भेक्षणका लागि आजदेखि चार दिनसम्म तीन किलोमिटर सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले जानकारी दिए । स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सुरुङ् निर्माण अध्ययनका लागि दुई महीनादेखि यस सडकको सर्भेक्षण गर्ने काम भइरहेको छ । 

माघ २६, २७ र २८ गते बिहान ९ बजेदेखि १० बजेसम्म, ११ बजेदेखि मध्यान्ह्न १२ बजेसम्म, दिउँसो २ बजेदेखि ३ बजेसम्म, ४ बजेदेखि ५ बजेसम्म आंशिक रुपमा सडक बन्द हुनेछ ।

माघ २९ गते बिहान ९ बजे देखि ९ः३० सम्म, १०ः३० देखि ११ बजेसम्म, मध्याह्न १२ बजेदेखि १२ः३० सम्म, दिउँसो २ः३० देखि ३ बजे र ४ बजेदेखि ४ः३० बजेसम्म सडक बन्द गरी सर्भेक्षण गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्