निर्वाचन आयोगले भन्यो– करिब ६० प्रतिशत मत खस्यो

आइतबार भएको मतदानमा निकै कम मत खसेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आइतबार विहान ७ बजेबाट मतदान सुरु भएको थियो ।

मतदानमा करिब ६० प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको जानकारीअनुसार अहिलेसम्मको रिपोर्ट हेर्दा ६० प्रतिशत हाराहारीमा मत खसेको देखिएको छ । तर, उनले यसको पूूर्ण रिपोर्ट भोलि विहान आउने बताएका छन्् ।

यसअघि निर्वाचन आयोगले आज ७० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको थियो । 

मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विहान मतदान गरे पछि पनि आफूले ७० प्रतिशत मत खस्ने अनुमान गरेको बताएका थिए । 

देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकले बताउँछ । 



आज प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि एकै चरणमा मतदान सम्पन्न भएको हो । केही छिटफूट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भएको पनि आयोगले जनाएको छ । 

आज भएको मतदानमा १५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।



  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १९:१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया