नेकपा एमाले गोरखा जिल्ला कमिटीले आइतबार भएको निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।
सत्ता गठबन्धनबाट गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मत झार्ने काम भएको एमालेले दाबी गरेको छ ।
एमाले जिल्ला कमिटी गोरखाका सचिव काजीराम रोकाले धाँधली भएको भन्दै विज्ञप्ति निकालेका छन् ।
उनले घटनाको निष्पक्ष छानबिन गर्दै पुनः निर्वाचन गर्न निर्वाचन आयोगसँग माग पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।