विश्वकप फुटबलमा आज तीन खेल हुँदै

कतारमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुँदै छन् । 

 आज समूह ‘ए’ को एक र समूह ‘बी’ को दुई खेल हुन लागेका हुन् । सोमबार हुने पहिलो खेलमा इंग्ल्याण्ड र इरानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमबीचको खेल नेपाली सयअनुसार बेलुका ६ः४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ मा रहेको इंग्ल्याण्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । हालसम्म इंग्ल्याण्डले एकपटक विश्वकप जितेको छ । समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सले खेल्नेछन् । अमेरिका–वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै, समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्याण्ड्सबीच खेल्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । गएराति भएको पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले हरायो ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ८:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया