सुर्खेतमा मतगणनाको समय तय गर्न सर्वदलीय बैठक बस्दै
फाइल तस्बिर

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सर्वदलीय बैठकको तयारी गरिएको छ ।   

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । यसका लागि मतगणनाको स्थल वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा तोकिएको छ ।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना भने टुंगो लाग्न सकेको छैन । आइतबार सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा स्थगित भएको छ । 

मत पेटिकामा फरक मतपत्र फेला परेपछि स्थगित भएको थियो । सुर्खेत १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलीय बैठकमा सहभागी हुन आउँदै गरेको र वीरेन्द्रनगर पुगेपछि स्थगित सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने भन्नेबारे पनि छलफल हुने प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ९:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया