काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।
यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायत उम्मेदवार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।