ललितपुरका तीनै क्षेत्रमा एमालेको अग्रता

ललितपुरका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेले तीनै क्षेत्रमा आफ्ना प्रतिस्पर्धीभन्दा राम्रो मत पाइरहेको सुरुवाती रुझानमा देख्न सकिन्छ । 

ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्म १२८८ मत गणना भइसकेको छ । त्यहाँ नेकपा एमालेका निवर्तमान सांसद नवराज सिलवालले ६६२ मत पाएका छन् । 

गठबन्धनबाट ललितपुर १ मा उम्मेदवार बनेका नेपाली कांग्रेसका उदय शम्शेर राणाले ४०२ मत पाएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा छ, ९३ मतसहित ।

ललितपुरको क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाम आएअनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले २९८० मत पाएका छन् । लौरो चिन्हमा प्रतिस्पर्धा गरेका हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् ।

त्यसपछि त्यहाँ तेस्रो नम्बरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार १४७७ मतसहित छन् । राप्रपाका उम्मेदवार १४२६ मतसहित छन् ।

ललितपुरको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अमृत खड्का सुरुवाती गणनामा अगाडि देखिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले फलो गरिरहेकी छिन् । खड्काले ५१६ मत पाउँदा कार्कीले ४९८ मत पाएकी छिन् ।



गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल २९८ मतसहित तेस्रो नम्बरमा छिन् । यो १३ सय मत गणना हुँदाको परिणाम हो ।



  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १०:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया