काठमाडौं–४ मा गगन थापाको सुरुवाती अग्रता, पछ्याउँदै एमालेका भट्टराई

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् । १ हजार ५११ मतगणना हुँदा उनले ६६८ मत प्राप्त गरेका छन् । 

गगनलाई पछ्याइरहेका नेकपा (एमाले) का उमेदवार राजन भट्टराईले ६३३ मत पाएका छन् । उनी थापाभन्दा ३५ मतले पछि छन् । 

अहिले बूढानीलकण्ठ नगरपालिका–१ को मत गणना भइरहेको हो । काठमाडौं–४ मा थापा र भट्टराईसहित प्रतिनिधिसभा उम्मेदवारका लागि ३१ उमेदवार प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १२:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया