डडेल्धुरामा दिउँसो २ बजेदेखि मतगणना

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा दिउँसो २ बजेदेखि मात्र मतगणना सुरु हुने भएको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना गरिने भएको हो ।

केहीबेर अगाडि बसेको  सर्वदलीय बैठकले  दिउँसो २ बजेदेखि मत गन्ने निर्णय गरेको हो । सुरुवात प्रतिनिधि सभाको मत गन्ने तयारी भएको छ । २ ठाउँमा मत गन्ने व्यवस्था मिलाइएको छ ।

यहाँको सडकको दुरावस्थाका कारण मतपेटिका ढिला गरी जिल्ला सदरमुकाम ल्याइएको थियो । त्यसैले आइतबार दिउँसोबाट मात्रै मतगणना सुरु हुने भएको हो । 

प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरा शनिबार भएको चुनावमा ५६.६४ प्रतिशत मत खसेको थियो । ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए ।  

प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।  





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १३:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया