काठमाडौंका कुन क्षेत्रमा कसको छ अग्रता ?
फाइल तस्बिर

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये मतगणना भएका आठ क्षेत्रमा कांग्रेस र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन–तीन र एमालेले दुई निर्वाचन क्षेत्रमा प्रारम्भिक अग्रता लिएका छन् ।

मतगणना भएका काठमाडौं १, ४ र १० निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार क्रमशः प्रकाशमान सिंह, गगन थापा र राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।

काठमाडौं २ र ५ नम्बर क्षेत्रमा मतगणना हुन सकेको छैन । 

त्यस्तै काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मत परिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । 

एकीकृत समाजवादीका उम्मेदवार वसन्त मानन्धर ६८९ मतसहित अग्रस्थानमा छन् । ४७९ मतसहित एमालेका जीवन मानन्धर दोस्रो, ४२३ मतसहित हाम्रो नेपाली पार्टीका रवीन्‍द्रमोहन श्रेष्ठ तेस्रो र चौथो स्थानमा ३४४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोजिना गुरुङ छन् ।  





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १४:८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया