हाम्राे बारे

जुन समाजमा बहस हुँदैन, त्यो समाजमा आविष्कार केही हुन सक्दैन । ‘इनोभेसन’ अहिलेको बहुआयामिक समाजका लागि अपरिहार्य छ । उज्यालो समाजका लागि नयाँ आविष्कार र नयाँ सोचलाई स्थान दिनैपर्छ, अर्को विकल्प हुँदैन ।
समाजलाई उज्यालो भविष्यको धारमा लान समाजका विविध आयामलाई सचेत बनाउने फरकधार डट कमको मूल उद्देश्य हो । सूचना दिएर मात्र होइन, पाठकलाई सूचना पर्गेल्न सहयोग गर्ने विविध तर्क दिएर सही समाचार के हो भन्ने छुट्याउन हामी प्रतिबद्ध छौँ ।
७ फागुन २०७५ मा फरकधार मिडिया प्रालिले सुरु गरेको नेपालको अनलाइन म्यागजिन फरकधार डट कम आवाजविहीनहरुको आवाज हो, सही सूचनालाई पर्गेल्न सहयोग गर्ने माध्यम हो । विश्वमा जसरी सूचना र प्रविधिको प्रयोग बदलिँदो छ, फरकधारले पनि पाठकहरूलाई यो परिवर्तनसँगसँगै यात्रामा लैजाने प्रण गर्छ । यसैले हामीले फरकधारलाई मल्टीमिडियामा केन्द्रित गर्दै गइरहेका छौँ ।
हामी हाम्रो समाजका अनेक आयामहरूलाई फरक ढंगबाट, अझ परिष्कृत र गहिराइमा तपाईंहरूसामु ल्याउने प्रण गर्दछौँ । फरकधार एउटा फरक विचार हो, जसले तपाईंलाई आफ्नो तर्कलाई थप बलियो बनाउन सहयोग गर्छ, तपाईंले जान्न खोज्नुभएको विषयमा थप गहिराइमा लैजाने मार्ग देखाउँछ ।
लोकतन्त्रको मूल्य, मान्यता र आदर्श नै फरकधारको मार्गचित्र हो । नलेखिएका र नभनिएका आममानिसका कथा हाम्रो प्राथमिकता हो ।
जनता र राष्ट्रप्रति सत्ता जहिले पनि जवाफदेही हुनैपर्छ । यसका लागि सधैँ नै हामी सत्तासँग प्रश्न सोधिरहने छौँ । सरकार, प्रतिपक्ष र समाजका हरेक गतिविधिमाथि पनि पलपल हाम्रो दृष्टि रहिरहनेछ ।
नभनिएका र नलेखिएका आमजनताका कथा–ब्यथा केलाउने जिम्मेवारी हाम्रो हो । किनकि हामीलाई हेक्का छ, हामी निरन्तर निगरानीसहित फरकधारको यात्रामा छौँ ।
हामीलाई फलो गर्नुहोस्, तपाईंहरूले समाचारको यो दुनियाँमा हामी किन र कसरी फरक छौँ भन्ने आफैँ मूल्यांकन गर्न पाउनुहुनेछ । किनकि हामी पलपल निगरानीसहित फरकधारमा उभिएका छौँ ।