प्रदूषण बढेपछि इन्डानेसियाली सरकारको आह्वान- विद्युतीय सवारीको प्रयोग बढाउनू

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

वायु प्रदूषण बढेसँगै इण्डानेसियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ ।  

मंगलबार इण्डोनेसियाका उद्योगमन्त्री एरिक थोहिरले देशमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै नागरिकलाई विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आह्वान गरेका हुन् । उनले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताए । 

कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदूषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ । इण्डोनेसियाली सरकारले वायु प्रदूषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय ऊर्जा रहेको बताएको छ ।

‘जकार्तामा हाल वायु प्रदूषण उच्च भएको छ । यो द्वीप समूह देशमध्येकै सबैभन्दा खराब हो । यसको कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनहरू हुन्, साथै उद्योगधन्दाहरू हुन् । त्यसैले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गर्छु,’ मन्त्री थोहिरले भने, ‘वायु प्रदूषणलाई कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जाको प्रयोग बढाउनु हो, त्यसैले सरकार परम्परागत इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधनमा जोड दिइरहेको छ ।’

जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो । इन्डोनेसियाका राष्ट्रपति जो विडोलले गत सोमबारसम्म राजधानीको वायु गुणस्तर सूचकांक १५६ रहेको बताएका थिए ।   





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १२:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया