नेप्से परिसूचक सात अंकले वृद्धि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सात अंकले बढेको छ । सुरुमा १९ सय ७६ अंकसम्म पुगेको नेप्से परिसूचक केही संकुचित हुँदै १९ सय ४८ अंकसम्म आइपुगेको थियो । परिसूचक अन्तिममा १९ सय ६७ अंक पुगेर रोकियो । 

यसक्रममा आज ८९ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको सेयर स्थिर छ भने १२६ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ ।

परिसूचक ७ अंकले बढेको दिन आज वित्त समूहमा ०.४४ अंकले घटेको छ । यसबाहेक, अन्य सबै समूहको सूचकमा सुधार आएको छ । जीवन बीमा समूहमा ५५ अंकको सुधार आउँदा व्यापार समूहमा ३० अंकको र होटेल र टुरिजम समूहको सूचकमा २९ अंकको सुधार आएको छ ।

आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरैले कारोबार भएको छ । यो कम्पनीको सेयर आज ५ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो । आज नेप्सेमा समग्रमा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको ३४ हजार ३२ कित्ता सेयर किनबेच भएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १६:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया