सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ । शनिबार बिहान उक्त हेलिकोप्टर लुक्लाबाट लोबुचे उडेको थियो ।

लोबुचेमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टरमा आगो लाग्दा हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। 

हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार रहेको र उनी घाइते भएको बताइएको छ । स्थानीयले पाइलटको उद्धार गरेका थिए । पाइलटलाई अर्को हेलिकोप्टरमार्फत ह्याम्स हस्पिटल ल्याइँदैछ । 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार ८:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया