मनाङ एयर हेलिकोप्टर दुर्घटना : घाइते पाइलट खतरामुक्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकोप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलट सेडाइ मात्र थिए । दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टर​का पाइलटलाई  फिस्टेल एयरको हेलिकोप्टर​बाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । उक्त हेलिकोप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । 

हेलिकोप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १२:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया