मनाङ एयरको सञ्चालन अनुमति निलम्बन गर्ने प्राधिकरणको तयारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनाङ एयर​को वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने भएको छ । 

छोटो समयको अवधिमा उक्त एयर​ले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता तथा उप–महानिर्देशक जगन्नाथ निरौलाले बताए । 

उनले  भने, ‘छोटो समयको अवधिमा उक्त एयर​ले हवाई सुरक्षामा गम्भीर उलंघन गरेको पाइयो, सम्भवतः आजै निजको एओसी निलम्बन गर्छौ ।’

मनाङ एयर​को हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा आज बिहान दुर्घटनामा परेको छ । हिजो ओखलढुंगाको रुम्जाटारमा रहेको उक्त एअर शनिबार बिहान रुम्जारबाटबाट पर्यटन लिनका लागि लुक्ला गएको थियो । 

लुक्लाबाट आज बिहान ७:१३ मिनेटमा लोबुचे उडेको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकोप्टर खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेँडाइ घाइते भएका छन् । उनको  अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 



हेलिकप्टर के कारणले दुर्घटना भयो सोबारे थप अनुसन्धानपछि मात्रै विवरण थाहा हुने प्राधिकरणले जनाएको छ ।



  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १२:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया