मोटरसाइकललाई ठक्कर दिएर भागेको माइक्रो सडकको नालीमा, एक यात्रुको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बुधबार बिहान बिपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती–५ सुन्दरवस्तीमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । 

बुधबार बिहान काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प १७७२ नं  को मोटरसाइकललाई काठमाडौंबाट रामेछापका मन्थली आउँदै गरेको बा प्र ३–००१ ज ०२९८ नंको विद्युतीय माइक्रो बसले ठक्कर दिई भाग्ने क्रममा माइक्रो सडकको नालीमा खसेको बताइएको छ । 

दुर्घटनामा घाइते रामेछापको मन्थली नगरपालिका–१२ की २० वर्षीय रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गाडीमा सवार मन्थलीका २३ वर्षीय पुष्पा तामाङ,   मोटरसाइकल चालक इलामको थाकाथुम गाउँपालिकाका ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीय प्रविशा सुनुवार घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गाडीका चालक काभ्रेको पनौती–५ का उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार ११:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया