काभ्रेमा गाडी दुर्घटना, दुईजनाको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काभ्रेमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

 जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार मंगलबार दिउँसो सवा २ बजे पनौती नगरपालिका–२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो । 

दुर्घटनामा घाइते भएका कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको अस्पताल पुर्‍याउँदा मृत्यु भएको हो। 

बेथानचोक गाउँपालिका–२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुवै हात–खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनको सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार १८:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया