विद्युत व्यापार विधेयकमाथिको संसदीय प्रतिवेदन राष्ट्रिय सभामा पेस

संसदीय समितिले, विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको छ । राष्ट्रिय सभाले विद्युतीय व्यापार विधेयक २०८० माथि दफावार छलफलका लागि साउन ४ गते विधायन व्यवस्थापन समितिमा संशोधन प्रस्तावसहित पठाएको विधेयक प्रतिवेदनसहित राष्ट्रिय सभामा पेस भएको हो । 

समिति सभापति जयन्ती देवी राईले, त्यसयता समितिले सम्बद्ध अधिकारीसँग विभिन्न बैठकमा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी दिइन । 

राष्ट्रिय सभामा प्रतिवेदन पेस गर्दै राइले भनिन्, ‘समितिमा दफावार छलफलका लागि पठाइएको विधेयकमाथि १० ओटा बैठक बसेको थियो । बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री, प्रस्तावको संशोधनकर्ताहरु, सम्बन्धित मन्त्रालयका सचिव,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध अधिकारीहरुलगायत सरोकारवालको उपस्थिति रहेको थियो । विधेयकमाथि विभिन्न चरणमा समितिमा भएको औपचारीक र अनौपचारिक छलफलपछि प्रतिवेदन तयार पारिएको हो । २०८० कार्तिक १५ गते समितिको बैठकले पारित गरेको विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी प्रतिवेदन सभामा पेस गर्दछु ।’





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार १४:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया