राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित २० सांसदको पदावधि फागुनमा सकिँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदहरुको पदावधि फागुन २० मा सकिने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहने सदस्य पदका लागि तयारी थालेको छ । 

निर्वाचनका लागि आयोगले सरकारसँग परामर्श सुरु गरेको छ । संविधानअनुसार पदावधि सकिनुभन्दा एक महिनाअघि रिक्त हुने पदका लागि निर्वाचन भइसक्नुपर्नेछ । जसखनुसार माघको दोस्रो साता (१०, ११ र १२ मध्ये एक दिन) निर्वाचन गराउने आयोगको तयारी छ । 

राष्ट्रिय सभामा पदावधि सकिन लागेका २० जनामध्ये एमालेबाट अध्यक्ष तिमिल्सिनासहित नौजना छन् । त्यस्तै कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जनाको पदावधि सो मितिमा सकिँदै छ । 

पदावधि सकिन लागेकामा एमालेबाट अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । 

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । 

स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदै छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित २० सांसदको पदावधि फागुनमा सकिँदै (सूचीसहित)

यी हुन् पदावधि सकिन लागेका सांसद (सूचीसहित)

गणेशप्रसाद तिमिल्सिना
भैरवसुन्दर श्रेष्ठ 
इन्दु कडरिया 
कुमार दसौँदी 
दीपा गुरुङ 
दिलकुमारी रावल थापा (पार्वती) 
नरपति लुवार 
रामचन्द्र राई 
विमला राई पौड्याल
रमेशजंग रायमाझी 
अनिता देवकोटा 
प्रकाश पन्थ  
जितेन्द्रनारायण देव
विना पोखरेल 
महेशकुमार महरा 
हरिराम चौधरी 
नन्दा चपाईं 
सिंगबहादुर विश्वकर्मा 
प्रमिलाकुमारी यादव 
खिमलाल देवकोटा

  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार २३:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया