झापामा करेन्ट लागेर दुई जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर सिकिस्त घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी, कन्काइ नगरपालिका–३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई फलामे रड बोक्ने क्रममा बिजुलीको तारमा छोइँदा करेन्ट लागेको थियो ।

सिकिस्त अवस्थाका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  
 





  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १२:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया