जीप दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका-२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । याेसँगै उक्त दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या सात पुगकाे छ ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना भएको थियो ।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली-६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका-४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् ।​

मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन । उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।





  • प्रकाशित मिति : कात्तिक २६, २०८० आइतबार १६:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया