भैँसीसँग मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । 

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हँुदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार १०:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया