महिला टि-२० सिरिज : हङकङविरूद्ध पहिला ब्याटिङ गर्दै नेपाल

चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत हङकङविरूद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

यससँगै अब हङकङले पहिला बलिङ गर्ने भएको छ ।  नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङविरूद्धको खेल जित्नैपर्ने दबाब रहेको छ ।बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार १२:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया