रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जीप दुर्घटनामा परी २२ जना घाइते भएका छन् । दुर्घटनामा परेका ५ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । 

घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको छ । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार १०:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया