गाजामा इण्डोनेसियाले पठायो थप २१‍.७ टन सहायता सामग्री

इन्डोनेसियाले गाजाका लागि थप सहायता सामग्री पठाएको छ । इन्डोनेसियाले गाजामा मानवीय सहायताको दोस्रो चरणमा २१.७ टन तौलको सहायता सामग्री पठाएको हो । 

जसमा इन्डोनेसिया सरकारबाट ३.३ टन स्वास्थ्य सामग्री र १८.४ टन इन्डोनेसियाका जनताबाट खाना, गद्दा, कम्बल, सरसफाइ किटटकलगायत अन्य सामग्री समावेश छन् ।

गाजापट्टीमा युद्ध जारी भएपछि इजरायलले विभिन्न खाद्य तथा स्वास्थ्य सामग्रीको आपूर्ति रोकेपछि अन्य देशहरूले गाजामा सहायता सामग्री पठाउँदै आएका छन् । इजरायल-हमास युद्धका कारण गाजापट्टीको अवस्था दयनीय बनेको छ ।  





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १२:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया