झापामा रबर उद्योगमा आगलागी, ३५ लाखको क्षति
फाइल तस्बिर

झापाको मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार आज बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्‍याएको थियो । 

आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरूपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए ।

भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ । मेचीनगर नगरपालिकाबाट आएको दुईवटा दमकलले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो । झापामा प्राकृतिक रबरको खेती र उत्पादन हुँदै आएको छ । 

रबरको रुखबाट सङ्कलन गरिने दूध जस्तै देखिने तरल पदार्थलाई प्रशोधन गरेर तयारी रबर बनाउने गरिन्छ । आगलागी भएको उद्योग रबर जोनमार्फत सरकारकोसमेत अनुदानमा स्थापना भएको थियो ।

यसैगरी, आज बिहान गौरादह–२ का मुक्तिप्रसाद मिश्रको गोठमा आगलागी हुँदा १ लाख ६० हजार रुपैयाँ  बराबरको क्षति भएको प्रहरीले जनाएको छ । खोले पकाउने क्रममा अचानक गोठमा सल्किएको आगोका कारण एउटा बाच्छी जलेर मरेको छ भने एउटा गाई घाइते भएको उनले जानकारी दिए ।  





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार २०:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया