अष्ट्रेलियालाई भारतले दियो २ सय ३६ रनको विशाल लक्ष्य

भारतले अष्ट्रेलियालाई २ सय ३६ रनको विशाल लक्ष्य दिएको छ । विशाखापट्नमा जारी दोस्रो टि २० आई क्रिकेटमा भारतले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । 

उसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । भारतका ओपनर रितुराज गायकवाडले ५८ र अर्का ओपनर यशस्वी जैसवालले ५३ रन बनाउँदै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । 

इशान किशन ५२ रनमा आउट हुँदा सुर्यकुमार यादव १९ रनमा क्याच पभेलियन फर्किए । रिंकु सिँह ३१ रनमा नटआउट रहँदा तिलक बर्मा ७ रनमा नटआउट रहे ।

अष्ट्रेलियाका नाथन एलिसले ३ र मार्कस स्टोइनिसले १ विकेट लिए ।





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार २१:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया