कोशी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

पोखरामा जारी केपी ओली कप टि२० प्रतियोगितामा कोशी प्रदेशलाई ३९ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ । दुवै खेलमा जितका साथ आर्मीले समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको हो ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । कोशीका ओपनर सोनु अन्सारीले ३३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । समिर कार्कीले ३६ बलमा १ चौका र ४ छक्कासहित ३४, कप्तान अंकित सुवेदी डक र मिनाश थापा १६ रनमा आउट भए ।

सुजन थपलिया ११ बलमा ५ चौकासहित २१, कमल खत्री ८, श्रवण यादव ५ र फिर्दोस अन्सारी १ रनमा आउट भए । आर्मीका सोमपाल कामी र विवेक यादवले समान दुई विकेट लिए । जितेन्द्र मुखिया, बसिर अहमद, साहब आलम र रोहित पौडेलले १–१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । आर्मीको जितमा भीम सार्कीले २४ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए ।

आर्मीलाई युवा ओपनर सन्तोष कार्कीले ४१ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर तथा कप्तान विनोद भण्डारी १६ बलमा १ चौका र २ छक्कासहित १७ तथा रोहित पौडेल १५ बलमा ३ चौकासहित २३ रनमा आउट भए ।

विवेक यादव १, सन्दीप रजाली र कुशल मल्ल ७–७ रनमा आउट भए । साहब आलम ८ र सोमपाल कामी ३ रनमा नट आउट रहे । कोशी प्रदेशका श्रवण यादवले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले एक एक विकेट लिए ।



सेमिफाइनल मंसिर १४ र फाइनल मंसिर १५ मा हुनेछ । पहिलो सेमिफाइनलमा बागमती र आर्मी भिड्नेछन् । दोस्रो सेमिफाइनलमा मधेश र एपिएफ खेल्नेछन् ।



  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १७:१०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया