सवारी दुर्घटनामा दुईजनाको मृत्यु, तीन घाइते

गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको  दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ । 

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराजबाट प्राप्त समाचारअनुसार सप्तरीको सुरुंगा नगरपालिका–४ स्थित कदमाहामा ट्रकको ठक्करबाट सोही  नगरपालिका–५ का ३५ वर्षीय मोहमद हारुनको घटनस्थलमा नै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ट्रकले विपरीत दिशाबाट आउँदै गरेको  मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई  अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०८० शनिबार १८:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया