इण्डोनेसियामा ज्वालामुखी विष्फोट : ११ पर्वतारोहीको मृत्यु

इण्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ । 

पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । 

तीनैजना विष्फोटको बीचमा पश्चिमी इण्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग १ सय जनालाई खटाइएको छ । 

समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाईमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायरा भित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार ९:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया