राष्ट्रिय टिम तयारी निर्देशकमा दीपक विष्ट नियुक्त
फाइल तस्बिर

तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टले राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको हो । 

उनी २०६५ सालमा तेक्वान्दो प्रशिक्षकको रूपमा राखेप प्रवेश गरेका थिए । विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् । 

उनले आठौँदेखि ११औँ सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कास्य जितेका थिए ।
विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन् । 

उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९औँ ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए ।  





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार ८:२४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया