इण्डोनेसियामा ज्वालामुखी विस्फोट : मृतकको संख्या २३ पुग्यो

इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । 

२० जनाको शव अस्पताल लगिएको छ । अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ जना बाँच्न सफल भएका छन् । 

कतिपय घर फर्किसकेका छन् भने गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । २ हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विस्फोट भएको थियो ।  





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १०:१६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया