बंगलादेशले युएईलाई दियो २२९ रनको लक्ष्य

दुबईमा जारी एसिसी यु–१९ एसिया कपमा बंगलादेशले युएईलाई २२९ रनको लक्ष्य दिएको छ।

युएईको दुबईस्थित आइसिसी एकेडेमीको ओभल–२ मा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको हो।

बंगलादेशका लागि ओपनर अशिकर रहमन शिब्लीले सर्वाधिक ७१ रन बनाए। उनले १०२ बलमा ३ चौका र १ छक्का हाने।

अर्का ओपनर जिसन आलमले ५६ बलमा ५ चौका प्रहार गरी ४२ रन बनाए। अरिफुल अश्लामले २२, इक्बाल हुसेनले १८ र कप्तान चौधुर रिजवान र रफी उजमानले १२र१२ रन ‍जोडे।

बलिङमा युएईका ध्रुव परासरले ६ विकेट लिए। त्यस्तै आयान अफ्जल खानले २ तथा अम्मर बदामी र हार्दिक पाइले १–१ विकेट लिए।





  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार १६:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया