महिला राष्ट्रिय क्रिकेट टी-२० प्रतियोगिता सुरु [तस्बिरहरू]

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२०  प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदै छन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेस प्रदेश भिड्दै छन् । खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको हो ।

त्यस्तै, साढे ९ बजे नै सुरु भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खेल मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको हो । 

आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबीच क्रमशः त्रिवि र मूलपानी मैदानमा हुनेछन् । पुस ६ गते बिहीबारबाट सुरु हुने प्रतियोगिता पहिलो पटक क्यानले राउण्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो । 

आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच ३१ डिसेम्बर अर्थात् पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबीच इलिमिनेटर हुनेछ । 

 





 

  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १०:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया