झापामा सुपारीसँगै फस्टायो मरिच खेती, किसान दंग

झापामा सुपारीका बोटसँगै लहराएर फल्ने मरिच खेतीतर्फ किसानको आकर्षण बढेको छ । मरिचखेती गर्दै आएका किसानहरुले वर्षेनि रु नौ लाखसम्म आर्जन गरेका छन् ।

थोरै खेतीमा राम्रो आम्दानी हुने भएकाले किसानहरुले सुपारीसँगै मरिचखेती गरेका छन् । झापामा पछिल्लो समय ‘जहाँ सुपारी त्यही मरिच’खेती नारा जस्तै भएको छ । हात्तीले नखाने बाली भएकाले पछिल्लो समय हात्ती प्रभावित क्षेत्रमा मरिचको खेती बढिरहेको छ ।

मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा १५ हेक्टर जमिनमा मरिचको व्यावसायिक खेती भइरहेको बताए । उनका अनुसार प्रतिहेक्टर एक हजार पाँच सय किलोका दरले मरिच उत्पादन हुन्छ ।

ज्ञान केन्द्रकै तथ्याङ्कका आधारमा यहाँका किसानले मरिच बिक्री गरेर बर्सेनि २ करोड ७० लाख रुपैयाँ आर्जन गरिरहेका छन् । धेरैजसो मरिच भारतीय व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । बुद्धशान्ति गाउँपालिकाका नेत्र सङ्ग्रौलाले झापामा मरिचखेती गर्ने पहिलो किसान आफू भएको बताए ।

मरिचखेतीमा अरूजस्तो धेरै झन्झट गर्नु नपर्ने र उत्पादनको बिक्रीका लागि बजारको कुनै समस्या नभएको किसानको अनुभव छ । रासस 





  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार २१:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया