जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेपछि राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार सन्दीपलाई दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले गरेको फैसलाविरुद्ध सन्दीप उच्च खदालत जाने भएका हुन् ।
जिल्ला अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकेको छ । जिल्ला अदालतबाट सजाय निर्धारण भएपछि र पूर्णपाठ तयार भएपछि सन्दीप उच्च अदालत जाने तयारी गरेका हुन् ।
अदालतले रिट जाहेरीकर्ता नाबालिग भने नरहेको फैसला गरेको छ । नाबालिग नरहेको हुँदा लामिछानेले थुनामा नबसी उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन् ।
सन्दीपविरुद्ध गौशला २६ ले गत वर्षको भदौमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।