१४ किलो सुन तस्करी : १० जनाविरुद्ध मुद्दा दायर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा एक अर्ब ४० करोड रुपैयाँ विगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

२१ मंसिरमा फ्लाई दुबईबाट काठमाडौं आउँदै गरेका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए ।

प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार, सरकारी वकिलको कार्यालयबाट मुद्दा चल्ने निर्णय गराई भन्सार कार्यालयले नै मुद्दा दायर गरेको हो ।





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १९:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया