भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा समेटियो

दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतका तीव्र गतिका बलर मोहमद सिराजसामु दक्षिण अफ्रिका निरीह देखिएको छ । जसका कारण बुधबार पूरा टोली २३.२ ओभरमा मात्र ५५ रनमा अलआउट भयो । 

केप टाउनको न्युल्यान्ड्स क्रिकेट मैदान (एनसीजी)मा दक्षिण अफ्रिकाका कप्तान डीन एल्गरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर, यो निर्णय दक्षिण अफ्रिकाका लागि महंगो साबित भयो । घरेलु टोलीले ४६ रनमा ८ विकेट गुमाएको थियो । मोहम्मद सिराजले ९ ओभरमा ६ विकेट लिए । कप्तान रोहित शर्माले इनिङ्सको दोस्रो ओभरमा सिराजलाई बल दिएका थिए ।
जसमा उनले १ रन मात्र दिए । त्यसपछि उनले अर्को ओभरमा २ रन बनाएका एडन मार्करामलाई यशस्वी जैसवालको हातबाट क्याचआउट गराए ।

आफ्नो तेस्रो ओभरमा सिराजले ४ रन बनाएका कप्तान डिएन एल्गरलाई बोल्ड गर्दै दोस्रो विकेट लिए । त्यतिबेला दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ९ रनमात्रै स्कोरबोर्डमा बनाएको थियो ।

बुमराहले इनिङ्सको ९औं ओभरको तेस्रो बलमा ३ रन बनाएका ट्रिस्टन स्टब्स आउट गर्दै व्यक्तिगत पहिलो विकेट लिए । १० औं ओभरमा सिराजले २ रन बनाएका टोनी डी जोरजीलाई आउट गर्दा भारतले चौथो सफलता हासिल गरेको थियो ।

१६ औं तथा व्यक्तिगत आठौं ओभरमा सिराजले २ विकेट लिए । उनले दोस्रो बलमा १२ रन बनाएका डेभिड बेडिङह्यामलाई आउट गरेका थिए भने पाँचौं बलमा मार्का यान्सेनलाई खाता नै खोल्न नदिएर पभेलियन पठाए ।

व्यक्तिगत नवौं ओभरमा सिराजले १५ रन बनाएका काइल वारेनलाई शुभमन गिलको हातबाट क्याच आउट गराएपछि दक्षिण अफ्रिकाको स्कोर १८ ओभरपछि ७ विकेट गुमाएर ४५ रन बनेको थियो । त्यसपछि मुकेश कुमारले आफ्नो पहिलो तथा टिमको २०औं ओभरमा ३ रन बनाएका केशव महाराजलाई आउट गरेपछि दक्षिण अफ्रिकाको स्कोर ८ विकेटमा ४६ रन बनेको थियो ।



बुमराहको बलमा ४ रन बनाएका नान्द्रे बर्गर क्याच आउट भएपछि ५५/९ को अवस्था पुगेको थियो । त्यसपछि मुकेश कुमारले आफ्नो तेस्रो (२४ औं) ओभरमा ५ रन बनाएर खेलिरहेका कागिसो रबाडालाई श्रेयस अय्यरको हातबाट आउट गराएपछि दक्षिण अफ्रिका ५५ रनमा समेटिन पुग्यो । दक्षिण अफ्रिकाका लागि काइल वारेन र डेभिड वेडिङहमले समान १५ र १५ रन बनाएर दोहोरो अंक छोएका थिए ।
 



  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १७:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया