सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, राष्ट्रियसभा सिट बाँडफाँटमा जुट्ला सहमति ?

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न आज पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

राष्ट्रियसभा निर्वाचनमा एमालेले पनि सिट मागेपछि सत्ता गठबन्धनका दल उसलाई पनि साथै लिएर अघि बढ्न सकारात्मक भएका छन् । बुधबार बसेको बैठकमा नीतिगत समझदारी भए पनि सिट संख्यामा टुंगो नलागेपछि बिहीबार फेरि छलफल गर्ने गरी बैठक सकिएको थियो ।

एमालेलाई कति सिट दिने भन्ने विषयमा गठबन्धनमा प्रश्न उठेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे एमाले र गठबन्धन दुवैसँग पटक–पटक छलफल गरेर समझदारी बनाए पनि सिट संख्याबारे सहमति भएको छैन । 

बुधबार साँझ बसेको गठबन्धनको बैठकमा नेताहरूले प्रधानमन्त्री दाहाललाई एमालेको ठोस् प्रस्ताव के हो भनेर सोधेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले त्यसबारे थप छलफल गर्नुपर्ने बताएपछि बैठकले उनलाई एमालेको ठोस प्रस्ताव लिएर आउन आग्रह गरेको थियो । 

बिहीबार बिहान दाहालले एमाले नेताहरूसँग छलफल गर्ने र त्यसपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच हुने नेताहरूले बताएका छन् । ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार ७:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया