राष्ट्रिय सभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । 

प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् । प्रकाशित मतदाता नामावली उपर आजदेखि पुस २२ गतेसम्म दाबी विरोध गर्न सकिनेछ । 

२२ गते अन्तिम मतदाता नामावली प्रकाशन तथा पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्य तालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । 





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार ९:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया