इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि विमानस्थल बन्द

इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार अस्थायीरूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ । 

‘यस निर्णयबाट असुविधा हुनसक्छ  तर सबैको सुरक्षा मुख्य प्राथमिकता हो र आशा छ अवस्था चाँडै सुधार हुनेछ,’ यातायात मन्त्रालयको हवाई यातायातका महानिर्देशक क्रिस्टी एन्डाह मुर्नीले उल्लेख गरेका छन् ।

उनले ज्वालामुखीको खरानीले इन्जिनलाई हानि पुर्यामउन सक्छ र उडानमा खतरामा पार्न सक्ने बताएका छन् । विमानस्थल बन्दका कारण २९ वटा उडान पुनः सार्नुपरेको थियो ।

यही ३ डिसेम्बरमा मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए । 





  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार २२:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया